Indrenionline.com

भारतबाट सलहको अर्को ठूलो झुण्ड नेपाल आउँदै, सचेत हुने किसानलाई विज्ञको सुझाव

काठमाण्डौ, १८ असार । केही दिनअघि नेपालमा सलह किराको केही झुण्ड भिभिएको छ । जुन नेपालका करी३ दर्जन जिल्लाहरुमा पुगेको विज्ञहरुले बताएका छन् ।

त्यस्तै भारतको भागलपुर तथा मोतिहारीमा रहेको सलहको झुण्ड दार्जिलिङतर्फ अघि बढेकोले त्यो झुण्ड नेपाल आउन सक्ने विज्ञहरुले बताएका छन् ।

प्लान्ट क्वरेण्टीन तथा विषादी व्यवस्थापन केन्द्रले विशेष सूचना निकालेर दार्जिलिङतर्फ अघि बढेको झुण्ड नेपाल आउनसक्ने भन्दै सचेत रहन अनुरोध गरेको छ । सलहले विभिन्न ठाउँमा मकै, केरा, तरकारीलगायतका बालीनालीमा क्षति गरेको पनि केन्द्रले जनाएको छ ।