काठमाण्डौ, १६ असार । सरकारले अहिले कायम रहेको लकडाउनलाई साउन ७ गतेसम्म लैजाने निर्णय गरेको छ ।
प्रदेश, जिल्ला र पालिकाले भने केन्द्रसँगको समन्वयमा ठाउँअनुसार लकडाउन कडा र खुकुलो बनाउन सक्ने व्यवस्था गरिएको छ ।
सरकारको यो निर्णयअनुसार साउन ७ सम्म सार्वजनिक गाडी चल्ने छैनन् भने निजी गाडी अहिलेजस्तै जोर बिजोर प्रणालीमा चल्नेछन् । शिक्षण संस्था पनि बन्द हुनेछन् । अनुमतिप्राप्त बाहेक अरु जहाज चल्ने छैनन् ।
