काठमाडौँ, १३ असार । अफ्रिका, भारत, पाकिस्तानलगायतका देशमा कृषि तथा बोट बिरुवामा ठूलो क्षति पुर्याउदै आएको सलह कीरा नेपाल प्रवेश गरेको आशंका गरिएको छ ।
बारा पर्सालगायत जिल्लाबाट सलहजस्तै कीरा देखापरेको भन्ने कृषकबाट रिपोर्ट आएपछि अहिले मन्त्रालयबाट चार जना प्राविधिकको टोली त्यस क्षेत्रमा पठाएको मन्त्रालयका प्रवक्ता डा. हरिबहादुर केसीले बताए । टोलीको प्रतिवेदन आएपछि सलह हो होइन आधिकारिक रुपमा सार्वजनिक गरिने उनले बताए । सलह नेपाल प्रवेश गरेको आशंका भएपछि मन्त्रालयको विज्ञ टोली छलफलमा जुटेको छ ।
यस्तै, प्रदेश २ का भूमि व्यवस्था, कृषि सहकारीमन्त्री शैलेन्द साहले पनि किसानबाट सहलजस्तै कीरा देखा परेको खबर गेरपछि मन्त्रालयले प्राविधिक टोली त्यसतर्फ पठाएको र उनीहरूको रिपोर्ट आएपछि मात्र यकिन गर्नसकिने बताए ।