Indrenionline.com

सुर्खेतमा उपचारत कोरोना सङ्क्रमितको मृत्यु

सुर्खेत, ९ असार । सुर्खेतमा उपचार गराइरहेका दैलेखका एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । कर्णाली प्रदेश अस्पताल सुर्खेतम उपचार गराइरहेका दैलेख दुल्लुु नगरपालिका ३ का ४५ वर्षीय पुुरुषको मृत्यु भएको हो ।

ती व्यक्ति गएको असार ३ गते उपचारको लागि दैलेखबाट सुर्खेत आएको र ४ गते कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको अस्पतालका कोरोना फोकल पर्सन डाक्टर केएन पौडेलले बताए । कोरोना सङ्क्रमण पुष्टि भएपछि उनको आइसोलेशनमा राखेर उपचार भइरहेको थियो ।

उनी समुुदायस्तरबाट आएकोले कोरोना सङ्क्रमण कसरी भयो भन्ने नखुुलेको अस्पतालले जनाएको छ । योसँगै नेपालमा कारोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २४ पुगेको छ ।