Indrenionline.com

सुदूरपश्चिममा एकैदिन १३७ जनामा कोरोना पुष्टि

डडेल्धुरा, ४ असार । आज एकैदिन सुदूरपश्चिम प्रदेशमा  थप १३७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थय प्रयोगशाला टुकुमा गरिएको परीक्षणमा डडेल्धुरामा ८३, बैतडीमा २५ र अछाममा २९ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो ।

संक्रमित हुनेमा बैतडी दशरथचन्द नगरपालिकाका १० जना, सिगास गाउँपालिकाका ६ जना,पञ्चेश्वर गाउँपालिकाका ४ जना, सुर्नाया गाउँपालिकाका ३ जना र पाटन नगरपालिकाका २ जना, अछाम मेल्लेख गाउपालिकामा २३ जना र साँफेबगर नगरपालिकामा ६ जना रहेका छन् । उनीहरु सबै भारतबाट आएका हुन् ।