Indrenionline.com

आज कुवेत, ओमान र मलेसियाबाट नेपाली स्वदेश फर्कंदै

काठमाण्डौ, ४ असार । आज मलेसिया, कुवेत र ओमानबाट नेपाली स्वदेश फर्कंदै छन् ।

कुवेतबाट आममाफीमा सहभागी १५० जना नेपालीलाई कुवेत सरकारले नै नेपालसम्म ल्याइदिने भएको छ । यस्तै ओमानबाट १८० जना नेपाली स्वदेश फर्कने छन् ।

यस्तै आजै मलेसियाबाट पनि नेपालीहरु स्वदेश फर्कंदै छन् । त्यहाँ समस्यामा परेकामध्ये बिरामी, गर्भवती, जेष्ठ नागरिक लगायतलाई प्राथमिकतामा राखेर दूतावासले आज हिमालय एअरलाइन्सको चार्टर्ड उडानमार्फत स्वदेश पठाउन लागेको हो ।