इन्द्रेणी संवाददाता
काठमाडौं, ३१ जेठ । नेपालमा पछिल्लो चरणमा कोरोना संक्रमितको संख्या बृद्धिसँगै मृत्यु हुनेको संख्या पनि बढ्दै गएको छ ।
त्यस्तै वीरगञ्ज–१४ बहुअरीस्थित वीरगंज हेल्थ केयर अस्पतालमा शुक्रबार मृत्यु भएका पाँच वर्षीय बालकमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमणवाट मृत्यु हुनेको संख्या १८ पुगेको छ ।