सल्यान, ३१ जेठ । पिसिआर विधिबाट कोरोना परिक्षण गर्दा नेगेटिभ आएका तथा कवारेनटाईनमा बसिरहेका कपुरकोट गाउँपालिकाका ३२ जनालाई फेरि आरडिटी परिक्षण गरेर घर पठाइएको छ ।
साथै शुक्रबार नै १६ जनाको स्वाब संकलन गरिएको छ । क्वारेन्टाईनमा बसिरहेका १४ जना, एक जना उपचारमा खटिएका स्वास्थ्यकर्मी र एक जना होम कवारेन्टाईनमा बसिरहेका ब्यक्ति सहित १६ जनाको स्वाब संकलन गरेर पिसिआर परिक्षणका लागि दाङ पठाइएको सेनले जनाए । डाक्टर शनम शाक्य, कपुरकोट स्वास्थ्य शाखाका संयोजक अरुण दाहाल लगाएतको स्वास्थयकर्मीको टोलीले आरडीटी र स्वाब संकलन गरेको हो ।
कपुरकोट गाउँपालिकामा हाल सम्म ७९ जनाको पिसिआर र १३७ जनाको आरडीटी गरिएको छ । जसमध्ये एक जनामा मात्रै कोरोना पुष्टि भएको र संक्रमित ब्यक्तिको जिल्ला स्थित आइसोलेसनमा उपचार भइरहेको फोकल पर्सन सेनले जनाए । गाउँपालिकाले नेपाल राष्ट्रिावि किमुचौरमा निर्माण गर्न लागेको ५० वेडको आइसोलेसनका लागि पनि सामग्री आइसकेको जनाएको छ ।