सर्लाही, ३० जेठ । सीमावर्ती क्षेत्रमा पर्ने सर्लाहीको पर्सा गाउँपालिका–३, नारायणपुर नाकामा शुक्रबार सशस्त्र प्रहरी र भारतीय नागरिकबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् ।
झडपमा सशस्त्र प्रहरीले चलाएको गोली लागी भारतको प्रिपा प्रसाइन जानकीनगरका २७ वर्षीय विकेश कुमारको मृत्यु भएको सशस्त्र प्रहरी उपरीक्षक गङ्गाराम श्रेष्ठले जानकारी दिए गोरखापत्र अनलइनमा खबर छ ।