Indrenionline.com

दुई जनामा कोरोना देखिएपछि कोहलपुर मेडिकल कलेज बन्द

बाँके, २७ जेठ । बाँकेको कोहलपुुरस्थित नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल मंगलवारदेखि पूर्णरुपले बन्द गरिएको छ । शिक्षण अस्पतालमा उपचारका लागि भर्ना भएका अछाम जिल्लाका दुई जना बिरामीमा कोरोनाको संक्रमण देखिएपछि अस्पताल बन्द गरिएको हो ।

अछाम जिल्लास्थित बयलपाटा अस्पतालले गर्भवती र आन्द्रामा समस्या भएका बिरामी कोहलपुर सिफारिस गरेको पाइएको छ । शिक्षण अस्पताल कोहलपुरमा ती बिरामीको जाँच गर्दा कोरोना संक्रमण देखिएको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका उपनिर्देशक दिनेश श्रेष्ठले जानकारी दिए ।

ती बिरामीको शल्यक्रिया गर्ने तयारी गरिए पनि कोरोना संक्रमण देखिएपछि रोकिएको छ । रासस