दाङ, २६ जेठ । भारतको नयाँ दिल्लीमा मृत्यु भएका दाङका एक जनामा कोरोना पोजेटिभ देखिएको छ । घोराही उपमहानगरपालिका वडा नं. १८ का ५९ वर्षीया एक व्यक्तिमा कोरोना संक्रमण देखिएको हो ।
सतगतका लागि दिल्लीबाट नेपाल ल्याएर शवलाई सिधै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको र त्यहीबाट नेपाली सेनाले शवको व्यवस्थापन थालेको छ । मृतकमा कोरोना देखिएपछि दिल्लीबाट शल ल्याउने मृतकका एक आफन्तलाई दाङकै क्वारेन्टाइनमा राखिएको छ भने नेपालगञ्जबाट दाङसम्म शब ल्याउने बववाहनका चालकलाई क्वारेन्टाइनमा राखिएको छ ।