Indrenionline.com

श्रीमान हत्याको आरोपमा महिला पक्राउ

सल्यान, २६ जेठ । प्रहरीले सल्यानमा आफ्नै श्रीमानको हत्या गरेको आरोपमा एक महिलालाई पक्राउ गरेको छ ।

त्रिवेणी गाउँपालिका ६, भुम्केज्युलाकी ३६ वर्षिया महिलालाई आफ्नै ३८ वर्षीय श्रीमान डिल्लीबहादुर घर्तीको हत्या गरेको आरोपमा पक्राउ गरिएको हो ।

आइतबार राति साढे ८ बजेतिर आफ्नै घरमा काठ चिर्ने फलाम प्रहारबाट गम्भीर घाइते भएका घर्तीको सल्यान जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।