Indrenionline.com

थप ३२३ जनामा कोरोना संक्रमण, सङ्क्रमितको सङ्ख्या ३२३५ पुग्यो

इन्द्रेणी संवाददाता
काठमाडौँ, २४ जेठ । नेपालमा आज शनिवार थप ३२३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

देशका विभिन्न प्रयोगशालामा गरिएका परीक्षणमा मोरङ २, सुनसरी ४, सप्तरी १, नवलपरासी ३, बाँके १२, बर्दिया २८, कास्की ३, स्याङ्जा १०, बाग्लुङ १, सुनसरी १, सप्तरी ७, बजाङ ६, कन्चनपुर १, कन्चनपुरमा रहेका काठमाडौँका २ जना ,अछाम २, कैलाली २, डडेलधुरा १, दैलेख ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै डोल्पा १, दैलेख ४, सुर्खेत १०, जाजरकोट ४, सल्यान ३८, रुपन्देही १७, अर्घाखाँची १, कपिलबस्तु ११, नवलपरासी २, रुपन्देही ३, भक्तपुर १, धनुषा ८, कपिलबस्तु ३९, काठमाडौं ४, महोत्तरी ३५, रौतहट ६, सर्लाही २७ जना सङ्क्रमित भएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या सङ्ख्या ३२३५ पुगेको छ । आज थप ३२ डिस्चार्ज भएका छन् । कुल डिस्चार्ज हुनेको सङ्ख्या ३६५ पुगेको छ ।