इन्द्रेणी संवाददाता
रुकुम जेठ २४ । रुकुम पश्चिमका विभिन्न स्थानमा लगाएकाे गहुबालीमा सिधुरे रोग लागेपछि यसवर्ष गहुबाली उब्जनिमा कमि आएको छ । रुकुम पश्चिमका आठबिसकोट, बाफिकोट, चौरजहारी, ज्यामिरकोट, लगायतका ठाउमा लगाएकाे गहुँबालिमा रोग लागेको हो ।
यसवर्ष समयमै पानी परेता पनि गहुँबालिलाई आवश्यकता भन्दा बढी पानी परेकाले सिधुरे रोग लागेको हो । यसवर्ष सिधुरे रोग लागेर गहुँको बालामा दाना समेत लागेको छैन । गहुबालिलाई पानीको आवश्यकता पर्ने भएता पनि यसवर्ष धेरै पानी परेर गहुँबालिमा सिधुरे रोग लागेको कृषकहरुको गुनासो छ ।
गहुका बाला लागेता पनि बालामा दाना नलाग्दा कृषकहरु चिन्तित भएका छ्न । गतसालको भन्दा यसवर्ष आधाले गहुँबाली घट्ने आठबिसकोट १३ का कृषक केशव थापाले बताउनुभयो । अधिकाम्स कृषकले लगाएकाे गहुबालिमा सिधुरे रोग लागेको छ ।
यसवर्ष कोरोनाको महामारिले अन्न बेसाउन समेर नपाईने कृषकहरुको गुनासो छ । लकडाउनले कमाईकजाई केही नभएकोले सरकारले आफुहरुलाई उचित राहत र बालिबिमा गरिदिनुपर्ने आठबिसकोट १४ का कृषक दुर्गा मल्लको माग रहेको छ ।
