Indrenionline.com

थप २७८ सङ्क्रमित, संक्रमितको संख्या २९१२ पुग्यो

काठमाडौँ, २३ जेठ । नेपालमा आज शुक्रबार थप २७८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

सुनसरी ८, झापा १, मोरङ ६, अर्खाखाँची १, नवलपरासी २ पाल्पा १, रुपन्देही १८, सिन्धुली ३, बारा २, तनुहँ २, भोजपुर ५, झापा १, सुनसरी १३, कैलाली ४, अछाम १, बझाङ १, डडलेधुरा ५, रामेछाप १७, काभ्रे ५, झापा १०, दैलख ९०, जुम्ला ३, जुम्लामा कार्यरत हुम्ला, दोलखा, रामेछाप र गोरखा स्थायी ठेगाना भएका एक एकजनालाई सङ्क्रमण देखिएको छ ।

सुर्खेत १, दाङ १, बारा १, धनुषा ४, कपिलवस्तु ४४, महोत्तरी १७ र रौतहटका ६ जनालाई सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रलयले नियमित पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २९१२ पुगेको छ । ज्यान गुमाउनेको संख्या ११ पुगेको छ ।