इन्द्रेणी संवाददाता
काठमाडौं, २२ जेठ । नेपालमा आज सबैभन्दा बढी व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज विहीबार ३३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यसैगरी मुगु १, सुर्खेत २७, दैलेख ११४, खोटाङ ५, धुनषा ६, महोत्तरी ३ र सर्लाही ३ जनामा सङ्क्रमण भएको छ । २९० जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २६३४ पुगेको छ ।