Indrenionline.com

भीम अस्पतालबाट २५ जना कोरोनाका विरामी डिस्चार्ज

भैरहवा, १९ जेठ । भैरहवाको भीम अस्पतालमा उपचार गराइरहेका २५ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । अस्पतालले आज उनीहरुलाई डिस्चार्ज गरेको हो ।

डिस्चार्ज हुनेहरुमा रुपन्देही लुम्बिनी सांस्कृतिक नगरपालिकाका पाँचजना, गैडहवा गाउँपालिकाका दश, सिद्धार्थनगर नगरपालिकाका एक, कपिलवस्तुका पाँच, नवलपरासीका तीन र भारतका एकजना रहेका छन् ।

उपचारपछि घर फर्किने क्रममा उनीहरुले उपचारमा खटिएका सबै चिकित्सकलाई धन्वयाद दिएका थिए भने आत्मबलले कोरोनालाई सहजै जित्न सकिने धारणा राखेका थिए ।

उनीहरुलाई प्रदेश पाँच सरकारका सामाजिक विकासमन्त्री सुर्दशन बराल, प्रदेशसभा सांसद सन्तोष कुमार पाण्डेय, जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख एकराज विश्वकर्मालगायत अस्पतालका स्वास्थ्यकर्मीले खादा ओढाएर पुष्पगुच्छा दिएर विदाइ गरेका थिए । यो सँगै उक्त अस्पताल कोराना विरामी शून्य भएको छ ।