काठमाडौं, १५ जेठ । आज गणतन्त्र दिवस । कोरानाका कारण ओपचारिक रुपमा कार्यक्रम गरेर नमनाइए पनि सरकारले साँझ घरघरमा दिप बालेर गणतन्त्र दिवस मनाउन सबैलाई आग्रह गरेको छ ।
त्यसैगरी गाणतन्त्र दिवसको अवसरमा सरकारले २ सय ३३ जना कैदीको कैद सजाय मिनाहा गरेको छ । यस्तै आठ जना व्यक्तिहरुको कैद, दण्ड जरिवाना, विगो, सर्वस्वलगायतको सजायँ माफी पनि गरिएको छ ।