रौतहट, १३ जेठ । रौतहटमा आज थप २२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । जिल्लाको गौर, देवाही गोनाही र राजेदेवी नगरपालिकामा नयाँ सक्रमित भेटिएका हुन् ।
रौतहटबाट करिब ११ सयको स्वाब सङ्कलन गरी केन्द्रिय प्रयोगशाला टेकुमा पठाइएको र परीक्षण रिर्पोट आउने क्रम जारी छ ।
नेपालका कोरोना संक्रमितको संख्या ७३३ पुगेको छ ।