काठमाडौं, १२ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीका कारण विदेशमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउने योजना छिट्टै ल्याउने बताएका छन् ।
विश्वका जुनसुकै कुनामा अप्ठ्यारोमा परेका आफ्ना देशबासीहरुलाई सरकारले समयमै उद्दार गर्ने समेत ओलीले बताए ।
प्रधानमन्त्री ओलीले सार्कका अन्य राष्ट्रमा भन्दा नेपालमा कोरोना भाइरसले त्यति सङ्क्रमण नपु(याएको बताए ।
ओलीले नेपाल टेलिभिजनबाट राष्ट्रको नाममा सम्बोधन गरेका थिए ।