Indrenionline.com

नेपालका कोरोना संक्रमितको संख्या ६८२, ज्यान गुमाउनको संख्या चार पुग्यो

काठमाडौं, १२ जेठ । पछिल्लो पटक थप सात जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि नेपालमा कोरोना सङ्क्रमित सङ्ख्या ६८२ पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले नेपालका कोरोना संक्रमितको संख्या ६८२ पुगेको र मृत्यु हुनेको संख्या ४ पुगेको जानकारी दिए । संक्रमणबाट निको भएको संख्या ११२ पुगेको छ ।