इन्द्रेणी संवाददाता
काठमाडौं, १० जेठ । नेपालमा पछिल्लो पटक थप ३२ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ५४८ पुगेको छ । अहिलेसम्म यहाँ कोरोनाका कारण ३ जनाले ज्यान गुमाएका छन् भने ७० जना निको भएर घर फर्किएका छन् ।