सपना कुँवर
सल्यान २७ । असार सल्यान बागचौर नगरपालिका २, ठिनबाङखोला नजिकै सडक बिग्रीदा गाडि सञ्चालक देखि यात्रुहरुले शास्ती भोगीरहेका छन । बर्षात शुरु भएसगै त्यस क्षेत्रको सडक बिग्रीदा काठमाडौ, नेपालगंज र दाङ बाट सल्यान रुकुम जाने र रुकुम सल्यानबाट काठमाडौ, नेपालगंज र दाङ आउने यात्रुहरु बिच बाटोमै समस्या भोग्ने गरेका हुन । जसले गर्दा यात्रुहरुलाई समयमै गन्तब्यमा पुग्न समस्या भैरहेको छ ।
उक्त क्षेत्रमा बर्षातका कारण बाटो बिग्रीएर खेत रोप्ने हिलो झै हिलाम्य भएका कारण यातायातका साधनहरु सगै मोटरसाईकल र पैदल हिडडुल गर्न पनि सजिलो छैन । जसले गर्दा बिच बाटोमा सवारी साधानहरु रोकिदा सयौं यात्रुहरु समस्यामा पर्ने गरेको दाङबाट रुकुम तर्फ आईरहेका एक यात्री गोबिन्द बिश्वकर्माले बताए ।
उनका अनुसार बिरामी, बृदबृद्धा र वालवालिका सगै बिरामीहरु सबैभन्दा यसको मारमा पर्ने गरेका छन । थारेमारे क्षेत्रमा बर्षातको बेला गाडि अवरुद्ध हुने समस्या बर्षेणीको समस्या हो । बर्षातका बेला यस सगै यस सडक खण्डका धेरै ठाउँहरुमा गाडि अबरुद्ध हुने गरेका थिए ।
तर रुकुम दाङ सडक खण्ड स्तरबृदि गरि खोलामा पुल तथा अन्य सडकहरु ओटाशिल गरिएपछि अन्य क्षेत्रमा समस्यामा कमी आएपनि उक्त क्षेत्रमा अझै पनि समस्या जस्ताको जस्तै छ । उक्त क्षेत्रको समस्या समाधानका लागि ठिनबाङ खोलामा पुल निर्माण गरिएपनि ठेकेदारको लाप्रबाहीका कारण समस्या उस्तै रहेको स्थानीयहरुको भनाई रहेको छ ।