इन्द्रेणी संवाददाता
दाङ, ९ जेष्ठ । छिल्लो समय नेपालमा गुणात्मक रुपमा कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । बिशेष गरेर बाहिरी राष्ट्रबाट नेपाल आएकालाई कोरोना भाइरसको संक्रमण देखिएको हो ।
यसमा पनि नजिकको छिमेकी मुलुक भारतमा गएर बसेका हजारौं नेपाली नागरिकहरु नेपाल छिरे संगै कोरोना भाइरसको संक्रमण नेपालमा दिनानुदिन बढ्न थालेको छ ।
हिजो शुक्रबार मात्र दाङको कुइरेपानी क्वारेन्टाइनमा रहेका घोराही,३ का ३७ बर्षीय एक पुरुषलाई कोरोना देखियो । उनलाई कोरोना भाइरसको संक्रमण रहेको देखिएपछी स्वास्थ्य कार्यालय दाङले उनको ट्राभल हिस्ट्री पत्ता लगाएको छ ।
यस्तो छ उनको ट्राभल हिस्ट्री
दाङ घोराही ३ मा स्थायी घर भएका ३७ बर्षीय पुरुषले भारतको नयाँदिल्लीमा सेकुरिटी गार्डमा काम गर्थे । भारतमा कोरोना भाइरसको संक्रमण अत्याधि बढ्न थालेपछि उनलाई आफ्नै घरमा गएर परिवार संगै बस्ने रहर जाग्यो । तर भारतमा लकडाउनका कारण उनि सहजै नेपाल आउन सकेनन । पछी भारतले घरजाने नेपालीहरुका लागि जान दिने सूचना सम्प्रेसन गरेपछि भारतीय नागरिकहरु संग दिल्लीमा बस्दै आएका उनले आफ्नो घर भएको नेपालको दाङका नागरिकहरु खोजे । केहि दिनको खोजिपछी दाङ घर भएका ५ जना नागरिक सम्पर्कमा आए । पछि ती पाँचै जनाले टाटासुमो गाडी रिजर्भ गरेर नेपालको सिमाना कृष्णनगर सम्म आए ।
त्यसपछि घोराही नगरपालीकाले नाकामा अलपत्र आफ्ना नागरिकहरुलाई लिनका लागि गाडीहरु पठायो । त्यहि गाडी चढेर गत जेष्ठ ३ गते उनिहरु दाङ आए । झन्डै ३२ जना यात्रु राखेको गाडीमा आएका उनि पाँच जना पनि गाडीमा को कुन सिटमा बस्यो थाहा भएन । घोराही पुगेपछि घोराही ३ मा उनको घर भएकाले उनलाई आफ्नो घर नजिकै कुइरेपानीमा भएको क्वारेन्टाइनमा राखियो । अरुलाइ सम्बन्धित वडाहरुले आएर आ आफ्नो वडाको क्वारेन्टाइनमा लागे । कसको घर कहाँ हो र को कहाँ को क्वारेन्टाइनमा छ भन्ने कुरा अहिले उनलाई थाहा छैन । संगै आएका पाँच जना मध्ये उनि मात्र कुइरेपानीको क्वारेन्टाइनमा छन् ।
अन्य चार जना सहित बाँकी सबै आआफ्नो पालिकाले आआफ्नै क्वारेन्टाइनमा लगेर सुरक्षित राखेको छ । उनीहरुको तत्काल कोरोना परिक्षण गर्न थालिएको छ ।
( स्वास्थ्य कार्यालय प्रमुख सुनिता पौडेल र कोरोना संक्रमित युवा बीच भएको कुराकानीमा आधारित )
