सुर्खेत, ८ जेठ । कर्णाली प्रदेशको प्रमुख प्रवेशद्वार भेरीगङ्गा नगरपालिका–५, बबईमा एक हजार २०७ नागरिक आइपुगेका छन् ।
Photo File
भारतका विभिन्न ठाउँबाट नेपालगञ्ज जमुनाह तथा पश्चिम गड्डाचौकी नाका हुँदै आज मात्र उनीहरू यहाँ आइपुगेका हुन् । प्रवेशद्वारमा आइपुग्ने सबै कर्णालीवासी नागरिक रहेको कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले जानकारी दिए । उनका अनुसार दैलेखका ५००, सुर्खेतका ३२०, सल्यानका २६६, जाजरकोटका ७७ र कालिकोटका ४४ नागरिक रहेको छन् ।
उनले भारतबाट सयौँको सङ्ख्यामा कर्णालीवासी नागरिक भित्रिँदै गरेको यस परिवेशमा प्रदेश सरकारले सबैको आरडिटी गर्ने यद्यपि स्थानीय सरकारसहित नागरिक सबैलाई उच्च सतर्कताका अपनाएर आफ्नो दायित्व पूरा गर्न अनुरोध गरेका छन् ।
उनले भने “यतिमात्र होइन भारतबाट आउने सङ्ख्या दिनप्रतिदिन बढिरहेको छ । नागरिकको स्वास्थ्य र सुरक्षामा सरकार संवेदनशील भएर लागेको छ । सीमामा आरडिटी भएकाले पनि जिल्लामा अनिवार्य क्वारेन्टाइनमा बस्ने गरिएको छ । रासस