इन्द्रेणी संवाददाता
काठमाडौं, ५ जेठ। नेपालमा दैनिक कोरोना भाइरसको संक्रमण फैलदै गएको छ । दैनिक जसो कोरोना संक्रमणका विरामी वढिरहेका छन् ।
पछिल्लो कोरोना परीक्षणबाट थप ९ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै बारा करैयामाइ ५ निवासी ३८ वर्षिय पुरूषमा पनि संक्रमण फेला परेको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३०४ पुगेको छ । दुई जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् ।