काठमाडौं, ४ जेठ । संसदका दुवै सदनमा आजदेखि सरकारको नीति तथा कार्यक्रममा छलफल हुँदैछ ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिबाट प्रस्तुत भएको वार्षिक नीति तथा कार्यक्रम छलफलका लागि प्रस्ताव पेश गर्नेछन् । मंगलवार प्रधानमन्त्री ओलीले जवाफ दिनेछन् ।