इन्द्रेणी संवाददाता
काठमाडौं, ४ जेठ । केही दिनदेखि नेपालमा कोरोना संक्रमण हुनेको संख्या बढ्दै गएको छ । दैनिक जसो यहाँ कोरोना संक्रमितको संख्या थपिदै गएको छ । यसैक्रममा पछिल्लो पटक दश जनामा कारोना संक्रमणको पुष्टि भएको छ ।
उनीहरु सबै केही दिनअघि भारतबाट आएको खुल्न आएको छ । यो सँगै संक्रमतिको संख्उा २९१ पुगेको छ । ३६ जना निको भएर घर फर्किएका छन् । संक्रमणबाट एक जना महिलाको ज्यान गइसकेको छ ।