काठमाडौं,२ जेठ । आज संघीय संसदमा सरकारको नीति तथा कार्यक्रम पेश हुँदैछ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको तर्फबाट नीति तथा कार्यक्रम पेश गर्ने कार्यक्रम छ । त्यसका लागि संसद्को संयुक्त बैठक अपराह्न ४ बजे बोलाइएको छ । त्यसअघि आजै बस्ने मन्त्रिपरिषद बैठकले नीति तथा कार्यक्रम अनुमोदन गर्नेछ ।