Indrenionline.com

कोरोना सङ्क्रमितको संख्या २४९ पुग्यो

काठमाडौँ, १ जेठ। नेपालमा कोरोना संक्रमितको संख्या २९४ पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले काठमाडौँ दहचोक निवासी ७ वर्षीय बालक, धनुषाको जनकपुरधामका १७ वर्षीया महिला र धादिङ निबासी ३० वर्षीया महिलामा कोरोनो पुष्टि भएको बताएका छन् ।

तीनैजनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा परीक्षणमा कोभिड–१९ को सङ्क्रमणको पुष्टि भएको हो । तीनैजनाको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ ।