Indrenionline.com

दुई पत्रकार र एक स्वास्थ्यकर्मी पनि कोरोना सङ्क्रमित

इन्द्रेणी संवाददाता
कपिलवस्तु, ३० वैशाख । पछिल्लो चरणका स्वास्थ्यर्की र सञ्चारकर्मीहरुमा पनि कोरोना संक्रमण देखिएको छ ।

कपिलवस्तु जिल्ला अस्पतालमा कार्यरत २५ वर्षीया एक स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण देखिएको छ भने पर्साको बीरगञ्जमा दुई जना पत्रकारहरुमा कोरोना संक्रमण देखिएको छ । कपिलवस्तुको जिल्ला अस्पतालमा नौ जनाको स्वाब सङ्कलन गरिएकोमा एक स्वास्थ्यकर्मीलाई मात्र पोजिटिभ देखिएको हो  ।

त्यसैगरी मङ्गलबार एकै दिन पर्साको वीरगञ्जका ३९ जनामा कोरोना पोजेटिभ देखिएकामध्ये दुईजना पत्रकार रहेका छन् । मंगलबार कोरोना पुष्टि भएका मध्ये दुई जना पत्रकार रहेको र रिपोर्ट आईसकेकोमा अन्य पत्रकारहरु पनि छन् कि भनेर खोजिँदै गरेको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। मदन उपाध्यायले बताए । वीरगञ्जबाट प्रसारित एक एफएममा कार्यरत पत्रकार र एक जना समाचार अनलाईन पोर्टलमा कार्यरत पत्रकार रहेको बताइएको छ ।