राजापुर, ३० बैशाख । बर्दियामा किटको अभाव हुँदा कोरोना परीक्षण प्रभावित भएको छ । पर्याप्त किट नहुँदा भारत तथा विभिन्न जिल्लाबाट आएर क्वारेन्टाइनमा बसेकाहरूको परीक्षण प्रभावित भएको हो ।
स्वास्थ्यकर्मीले लगाउने पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पीपीई), थर्मल गन, सर्जिकल मास्क, पञ्जा र स्यानिटाइजरसमेत सकिएको स्वास्थ्य कार्यालयले बताएको छ । सूचना अधिकारी चौधरीले आरडीटी विधिबाट परीक्षण गरिएका २ हजार ८६६ र पिसिआर विधिबाट परीक्षण गरिएका ४१७ गरी कुल ३ हजार ७० मध्ये २३५ जनाको रिपोर्ट आउन बाँकी रहेको जानकारी दिए । रासस