Indrenionline.com

कपिलबस्तुमा थप १० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १२० पुग्यो

इन्द्रेणी संवाददाता
काठमाडौं, २९ बैशाख । नेपालमा पछिल्लो पटक सोमवार थप १० जनामा कोरोना संक्रमण देखिएको छ । कपिलवस्तु जिल्ला यशोधरा गाउँपालिका–५ र बुद्धभुमि गाउँपालिका–७ र १० वस्ने विभिन्न उमेर समुहका १० जनामा कोरोना संक्रमण भएको पूष्टि भएको
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परिक्षणमा उनीहरुको कोरोना पोजेटिभ पूष्टि भएको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जनाएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १२० पुगेको छ । ती मध्ये ३१ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् ।