इन्द्रेणी संवाददाता
काठमाडौं, २७ वैशाख । उदयपुरको भुल्केमा ३, कपिलवस्तुमा ३ र पर्सामा १ गरी सात जना थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १०९ पुगेको छ ।
त्यस्तै कपिलवस्तु निवासी १७ वर्षका एक र १८ वर्षका दुई गरी तीन पुरुष तथा पर्सा छप्कैयाका ६२ वर्षका पुरुषमा संक्रमण पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । विज्ञप्तिमार्फत मन्त्रालयले पछिल्लो समयमा सात जना कोरोना संक्रमित थपिएको जानकारी दिएको छ ।