प्रेमवहादुर राम्जा
दाङ, २५ चैत्र
पञ्चकुले खानेपानी तथा सरसफाई उपभोक्ता समुहको अध्यक्षमा हिराबहादुर थापा निर्वाचित हुनुभएको छ । नयाँ नेतृत्वका लागि हिजो सम्पन्न निर्वाचनबाट हिराबहादुर थापाले प्रतिष्पर्धी झकेन्द्र डाँगीलाई १८ मत अन्तरले पराजित गर्दै अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
यस्तै महिला सदस्यमा पुर्णकली विक र गीता विक ५३० ल्यायर विजयी हुनुभएको छ । त्यसैगरी खुला सदस्यमा सेबेन्द्र देवकोटा ५३६, तिलकबहादुर डाँगी ५३६ र कुलबहादुर कवरले ५२४ मत ल्याएर विजयी हुनुभएको छ ।।