काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सम्पन्न भएको छ । बैठकका निर्णय केहीबेरमै सार्वजनिक गरिने प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिए ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले आत्मालोचना गरेका छन् । साथै उपाध्यक्ष बामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभामा लैजाने निर्णय भएको छ ।
बैठकले पार्टी स्थायी कमिटी बैठक २५ गते बस्ने बिहान ११ बजे बस्ने निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिए । त्यसका लागि २४ गते दिउँसो ३ बजे पार्टी सचिवालय बैठक बस्ने निर्णय भएको छ ।
