Indrenionline.com

नेकपा सचिवालय बैठकमा ओलीले गरे आत्मालोचना

इन्द्रेणी संवाददाता 

काठमाडौं , २० वैशाख । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले आत्मालोचना गरेका छन् ।

बिगतका समयमा आफुले जानीनजानी कहिँ कतै पार्टीको आन्तरिक सहमति बिपरित काम हुन पुगेकाले आगामी दिनहरुमा पार्टी एकतालाई मजबुत गराउन अध्यक्ष भएको नाताले आफुले अहम भूमिका खेल्ने समेत सचिवालय बैठकमा बताएका छन्  ।

त्यस्तै पार्टीको आज बसेको बैठकले पार्टीका उपाध्यक्ष  बामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभामा लैजाने निर्णय समेत गरेको छ भने पार्टीको सचिवालयको अर्को बैठक आगामी २४ गते बस्ने र आगामी २५ गते स्थायी कमिटी बैठक बस्ने निर्णय गर्दै पार्टी सचिवालयको बैठक सम्पन्न भएको छ  ।