Indrenionline.com

सचिवालय बैठकअघि प्रधानमन्त्री र राष्ट्रपतिबीच भेटवार्ता

काठमाडौं, २० बैशाख । पार्टीको सचिवालय बैठक सुरू हुनुअघि प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ।

आज अपरान्ह प्रधानमन्त्री ओली राष्ट्रपति भेट्न शितलनिवास पुगेका हुन् । राष्ट्रपति(प्रधानमन्त्री वान टु वान छलफल भएको स्रोतले बताएको त तर छलफलमा के विषयमा कुराकानी भयो खुलाइएको छैन। बैठक अघि ओलीले पार्टी उपाध्यक्ष वामदेव गौतमलाई वालुवाटारमा बोलाएर छलफल गरेका थिए ।