काठमाडौं, २० वैशाख । उत्तर कोरियाली शासक किम जोङ उन पछिल्लो तीन सातामा पहिलोपटक सार्वजनिक रुपमा देखिएका छन् ।
कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसीएनए)का अनुसार समारोहमा किम जोङसँगै उत्तर कोरियाली उच्च अधिकारी तथा उनकी बहिनि किम यो जोङ पनि उपस्थित भएको देखाइएको छ । यद्दपी सरकारी सञ्चारमाध्यमले सम्प्रेषण गरेको समाचारको स्वतन्त्र पुष्टि भने गरिएको छैन ।
अप्रिल १५ मा उत्तर कोरियाका संस्थापक किम सुङको जन्म वार्षिकोत्सव समारोहमा सहभागी नहुँदा उनको स्वास्थ्य अवस्थाबारे विभिन्न अटकलबाजी गरिएको थियो ।