Indrenionline.com

फुङ्लिङमा आगलागीबाट ३३ परिवार विस्थापित

ताप्लेजुङ, २० बैशाख । ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा शुक्रबार राति आगलागी भएको छ ।

फुङ्लिङबजारको माथिल्लो रोडस्थित पूरानो बैंक लाइन ट्याक्सी काउन्टर क्षेत्रमा भएको आगलागीबाट आठ घर जलेर पूर्णरुपमा नष्ट भएका छन् ।

शुक्रबार राती १० बजेबाट शुरु भएको आगलागी करिव अढाइ घण्टापछि फुङ्लिङ नगरपालिकाको वारुणयन्त्र, नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको पहलमा नियन्त्रणमा आएको थियो । आठ घर आगलागीले नष्ट हुँदा पसल व्यवसाय सञ्चालन गर्दै आएका समेत करिव ३३ परिवार विस्थापित भएका प्रारम्भिक तथ्याङ्क छ ।