काठमाडौं, २० बैशाख । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ । पार्टीभित्र देखिएको विवादमा सहमति खोज्नका लागि सचिवालय बैठक बोलाइएको हो ।
अर्का अध्यक्ष पुष्पकमल दाहाल–माधव नेपाल समूहले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिन माग राखेका थिए । ओलीले पार्टीभित्र छलफल नै नगरी विवादित दुई अध्यादेश ल्याएपछि पार्टी भित्र विवाद चुलिदै गएको थियो ।