Indrenionline.com

क्वारेन्टाइनमा बसेका एक जनाको मृत्यु

इन्द्रेणी संवाददाता
रोल्पा, १६ बैशाख । रोल्पा माडीगाउँ गाउँपालिका २ पारिवाङमा रहेको क्वारेन्टाइनमा बसेका ६२ वर्षिय एक पुरूषको मृत्यु भएको छ ।

काठमाडौंको एक भट्टामा नाइकेका रूपमा काम गर्दै आएका छोरासँग दमको उपचार गर्न गएका उनी पाँच दिन अगाडि रोल्पा आएका थिए । परिवारसहित गाउँ गएका उनलाई घरमा राख्दा हेरचाह गर्ने कोही नहुने भएपछि विद्यालयमा रहेको क्वारेन्टाइनमा राखिएको थियो ।

उनको गए राति ११ बजे मृत्यु भएको हो । ६२ बर्षिय पुरूषको स्वाव परिक्षणका लागि दाङ पठाउने तयारी भइरहेको माडी गाउँपालिकाका अध्यक्ष नन्दबहादुर पुनले बताए ।