काठमाडौं, १६ बैशाख । प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवैबाट ओलीको विकल्प खोज्ने प्रयास भइरहेका वेला प्रधानमन्त्री केपी ओलीले आफूनिकट सांसदहरूसँग छलफल गरेका छन् ।
‘मुलुक कोरोना भाइरसको महामारीसँग जुधिरहेको संकटका वेला अहिले सरकारमाथि पार्टीभित्रैका शीर्ष नेताहरूको अगुवाइमा घेराबन्दी भइरहेको छ,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै एक सांसद्ले भने, ‘देशमा सरकारै परिवर्तन गरेर राजनीतिक अस्थिरता निम्त्याउने कोसिस भइरहेको छ, यसबारे तपाईंहरू सचेत हुनुपर्छ, आ–आफ्नो ठाउँबाट प्रतिवाद गर्नुस् ।’
नयाँ पत्रिकाबाट
