Indrenionline.com

नेकपा सचिवालय बैठक आज बस्दै

काठमाडौँ, १६ वैशाख । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ । नेकपाका शीर्ष नेताबीच सोमबार भएको छलफलमा सचिवालय र स्थायी कमिटीको बैठक बोलाउने सहमति भएको हो ।

नेकपाका शीर्ष नेताहरूले छुट्टाछुट्टै विभिन्न तहमा छलफल गरी यो सहमतिमा पुग्नुभएको हो । सचिवालय सदस्य झलनाथ खनालका अनुसार सोमबार शीर्ष नेताहरूको बीचमा भएको छलफलबमोजिम सचिवालय र स्थायी कमिटीका बैठक तत्कालै बोलाउने सहमति भएको छ ।