Indrenionline.com

झापामा थप एक जानमा भेटियो कोरोना

इन्द्रेणी संवाददाता

काठमाडौं, १४ बैशाख । झापाका थप एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा झापाका ५० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५२ पुगेको छ । संक्रमितमध्ये १६ जना उपचारपछि निको भएर घर फर्किएका छन् । आज आइतवार मात्रै ४ जना संक्रमित अस्पतालबाट डिस्चार्ज भएका छन् ।