इन्द्रेणी संवाददाता
काठमाडौं, १४ बैशाख । वीरगञ्जमा थप दुई जनामा कोरोना संक्रमणको प्ष्टि भएको छ । वीरगञ्ज महानगरपालिका वडा नं. २ र ३ का दुई जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको हो ।
यो सँगै नेपालमा कोरोना सक्तमितको संख्या ५१ पुगेको मन्त्रालयका सहायक प्रवक्ता समिर कुमार अधिकारीले जानकारी दिए । हालसम्म निको भएर घर फर्किनेको संख्या १२ जना रहेको छ भने ३९ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।