इन्द्रेणी संवाददाता
दाङ २६ असार । ९१ बर्षीया लालि कवँर । जो आफ्नो खुट्टाले आफै घर देखि बिहिर र भित्र गर्न सक्दिनन् । बाहिर भित्र गर्न उनले आफ्नो छोरा सुकबहादुर कँवरको शाहारा लिन्थिन् । तर कँवर घाँटीको क्यान्सरले हालै मृत्यू भयो । तुलसीपुर नगरपालिका १ राणागाउ निबासी सुकबहादुरको मृत्यू संगै उनको जीवनको शाहारा गुमेको उनी बताउँ छिन् ।
दिउसो मलाई पानी प्यास लागे पनि पानी दिने मान्छे घरमा कोही हुदैन । सम्पति सबै सुक बहादुरको क्यानसर उपचारमा सकिएपछि अब कहाँ बस्ने रु के खाने रु छोरीहरुलाई कसरी पढाउने भन्ने सुक बहादुरकी स्वास्नी लाली कँवरलाई चिन्ताले पिरोलेको छ । उनीहरुको आफ्नै घर छैन र अर्केको घरमा आश्रय लिईरहेका छन् । उनीहरुको आफनै घर निर्माण गर्न सक्ने आर्थिक अबस्था छैन ।