Indrenionline.com

भोजपुरमा पनि देखियो कोरोना, संक्रमितको संख्या ४८ पुग्यो

काठमाडौं, ११ बैशाख । भोजपुरमा पनि एक जनालाई कोराना संक्रमित भएको पुष्टि भएको छ । हथुवागढीका २६ वर्षीय पुरुषमा कोरोना संक्रमण पोजेटिभ देखिएको हो ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ती व्यक्तिको स्वाव परीक्षण गर्दा पोजेटिभ देखिएको बताइएको छ । आज साँझ मात्रै ती व्यक्तिमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता समिरकुमार अधिकारीले जानकारी दिएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४८ पुगेको छ ।