सल्यान, ११ बैशाख । कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण र उपचारको लागि सल्यानको कपुरकोटमा राहत संकलन कार्य सुरु भएको छ । गाउँपालिकासंग रहेको श्रोत र साधनले मात्र कोरोना भाईरस (कोभिड– १९) को संक्रमण रोकथाम, उपचार तथा अन्य राहत कार्यक्रम प्रभावकारी रुपमा संञ्चालन गर्न कठीन हुने भएकाले विभिन्न निकाय तथा व्यक्तिबाट सहायता संकलन सुरु गरिएको गाउँपालिकाले जनाएको छ ।
सहायताका लागि कुमारी बैंकलाई धन्यवाद दिदै उनले ईच्छुक नागरिक, उद्योगी, व्यवशायी, सरकारी तथा गैरसरकारी संघसंस्था, बैंक तथा वित्तिय संस्था, सहकारी तथा अन्य सरोकारवाला सबैलाई आर्थिक सहयोग तथा गाउँपालिका वा वडा कार्यालयमा वस्तुगत सहायता प्रदान गर्न अपिल गरे । गाउँपालिका उपाध्यक्ष तिला बुढा मगर, प्रमुख प्रशासकीय अधिकृत हिरालाल भण्डारीले कोरोना विरुद्धको लडाईमा एक मत भएर अघि बढ्नुपर्नेमा जोड दिदै संकटको बेला सबैले सक्दो सहयोग गर्नुपर्ने बताएका थिए ।
यसैविच कपुरकोट गाउँपालिकालाई विभिन्न व्यक्तिहरुले पनि आर्थिक तथा वस्तुगत सहायता उपलब्ध गराउने क्रम जारी रहेको छ । हाल सम्म सिद्ध आधारभुत विद्यालय कपुरकोट ५ खालीका प्रधानाध्यापक पदम खड्काले १०,१११, कपुरकोट–३ सल्यानका अनु रहमानले १११००, कपुरकोट गाउँपालिकाका शिक्षा शाखा प्रमुख कृष्ण भण्डारीले १०१६०, आलेप राजेन्द्र डीसीले १०११५, लेखापाल विष्णु आचार्यले १०१२५ रुपैयाँ आर्थिक सहयोग गरेको गाउँपालिकाले जनाएको छ ।
यस्तै कपुरकोट बजार व्यवस्थापन समितिका अध्यक्ष रुपक बुढाले १२५ किलो चामल, ५ किलो दाल, २ लि. तेल र १० कार्टुन पिउने पानी उपलब्ध गराएका छन् । रेडियो कपुरकोटका कार्यकारी प्रमुख सन्तोष घर्तीले पनि १२५ किलो चामल, ५ किलो दाल, २ लि. तेल सहायता स्वरुप प्रदान गरेका छन् भने कपुरकोट २ का चन्द्रलाल ओलीले चामल– १०० किलो, दाल– ४ किलो, तेल– ३ लिटर, नुन– १ किलो उपलब्ध गराएका छन् । यस्तै कपुरकोट ५ खाली स्थित सुनिल स्वास्थ्य सेवा क्लिनिकका संचालक सुनिल केसीले चामल– २५ किलो, तेल– १ लिटर र नुन– १ किलो तथा कपुरकोट २ का ईश्वर बुढाले चामल– १२५ किलो उपलब्ध गराएको गाउँपालिकाले जनाएको छ ।