काठमाण्डौ, ११ बैशाख । राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टीबीच एकता भएपछि नयाँ राजनीतिक दल जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ ।
पार्टी एकतामा राजपाबाट महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव, शरद सिंह भण्डारी र समाजवादी पार्टीबाट डाक्टर बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राई, राजेन्द्र श्रेष्ठले सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।